दोलखा । उद्योग बाणिज्य संघको १५औ अधिबेशनले पुनः इन्द्रबहादुर श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेकोछ । आईतवार सदरमुकाम चरिकोटमा भएको अधिबेशनले उद्योग बाणिज्य संघमा अध्यक्षसहित १६ नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
उद्योग बाणिज्य संघको विधान अनुसार कार्यसमितिमा प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र बाँकी सदस्यहरु रहने व्यावस्था रहेकोछ । संघको विधान अनुसार पदाधिकारीहरु अधिबेशनको पहिलो बैठकले चुनिने व्यवस्था भएबमोजिम अधिबेशन सम्पन्न भए लगतै बसेको पहिलो बैठकले प्रथम उपाध्यक्षमा दिनेश पाठक, महासचिवमा सुरेश उप्रेति र कोषाध्यक्षमा श्यामकृष्ण कायस्थ चयन गरिएको छ । पदाधिकारीको द्धितिय उपाध्यक्ष र सचिव भने अर्को बैठकले चयन गरिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए छैना ।
त्यसैगरी, संघको सदस्यहरुमा कल्पना श्रेष्ठ, अनिल रिजाल, नारायणबहादुर श्रेष्ठ, हिमालप्रसाद न्यौपाने, श्यामसुन्दर शिवाकोटी, रामशरण बस्नेत, वलराम थापा, राजन थापा, सुरेन्द्र उप्रेति, विमल श्रेष्ठ, प्रविण श्रेष्ठ र रामकुमार खड्का रहेकोछ ।