काठमाडौ । नेपालमा पहिलो पटक आयोजना भएका द पोएट् आइडलको शीर्ष आठौ स्थानमा सिक्किमकी निलम गुरुङ छनौट हुन सफल भएकोछ । निलमले साहित्यिक कार्यक्रम एपी वान टेलिभिजनमार्फत प्रशारण हुने द पोएट् आइडलबारे जानकारी दिदै विजेता हुन भोटिङको लागि सबैलाई सहयोग मागेकी हुन् ।
सिक्किमको गाण्टोकमा नेपाली विषय पठनपाठन गराउने नेपाली भाषी निलम पहिलो पटक द पोइट आइडलको आठौ स्थानमा पुग्न सफल भएकोछ । उनी पोएट आइडलको अडिसनमा सहभागी हुनको लागि सुरुमा अनलाईन मार्फत सहभागिता भएको थियो । उनको साहित्यिक कृति उत्कृष्ट भएको र स्रोता, दर्शकले रुचाएको हुदाँ उत्कृष्ट आठौ स्थानमा पर्न सफल भएको हो ।
तमू वौद्ध सेवा समितिले काठमाडौमा आयोजित कार्यक्रममा वोल्दै निलमले पोएट आइडल मार्फत पहिलो पटक नेपाल आएको बताए । उनले आइतबार भएको परिचयात्मक कार्यक्रममा सिक्किमस्थित पारिवारिक अवस्था र आफु नेपाली शिक्षिका रहेकोे पनि जानकारी गराइन् । कार्यक्रममा विभिन्न साहित्यसम्बन्धिका विज्ञहरु, बौद्धिक वर्गका स्रष्टाहरु लगायतको उपस्थिति रहेको थियो ।
निलमको साहित्यिक गीत, गजल तथा कविताहरुमा समय, वाल्यकाल, साँझको आकास, मेरो खरानी रङ्गको हाइनेक, मोम बत्ती र मौन सडक, म अन्धो भएकै ठिक लाग्छ, मेरो विसर्ने बानी छ, सानो उमेरको व्याथा र ठुलो हुन सिक्दैछु जस्ता कृतिहरु चर्चित रहेकोछ । उनले आफ्नो कृतिलाई साहित्यिक ब्राण्ड बनाई पोएट आईडलमा सहभागी भएका हुन ।
त्यसैगरी, निलमलाई सहयोगका लागि तमू ह्यूला छोंज धीँ गुरुङ राष्ट्रिय परिषद् केन्द्रिय समितिका संरक्षक परिषद् प्रमुख रेशम गुरुङ र कोषाध्यक्ष श्रीप्रसाद गुरुङले निलम जिताऔ अभियाननै चलाउनु भएकोछ । उनलाई सहयोगका लागि आयोजित कार्यक्रममा शीतल कादम्बिनी गुरुङ, नीलम गुरुङ, संगिता गुरुङ, रामकाजी कोने गुरुङ, रमेश मधेशी गुरुङ, जसधोज गुरुङ, छम गुरुङ र विश्वराज गुरुङ लगायतले आफ्नो कृतिहरु कविता तथा गजलको प्रस्तुतीमा बरिष्ठ सञ्चारकर्मी अनिता गुरुङले सहजिकरण गर्नुभएको थियो ।