काठमाडौ । संघीय गणतन्त्र नेपालको राष्ट्रप्रमुखमा नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएकोछ । नेकपा एमालेका नेता एवं पुर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको हो ।
राष्ट्रपति निर्वाचनका लागि कुल ४९ हजार ५ सय ९१ मत रहेकोमा पौडेलले ३३ हजार ८ सय २ मतले प्रतिद्धन्दी नेम्वाङलाई पराजित गर्दै विजयी भएको हो । एमालेका प्रतिद्धन्दी नेम्वाङले १५ हजार ५ सय १८ मत प्राप्त गर्नुभएको थियो ।
राष्ट्रपतिमा निर्वाचित पौडेल १७ पटकसम्म प्रधानमन्त्रीमा पराजित हुनभएको थियो । नेपाली कांग्रेसका नेता पौडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतले समर्थन गरेको थियो ।
त्यसैगरी, बिहीवार संघीय सांसद भवन नयाँ बानेश्वरमा सम्पन्न मतदानमा ३ सय १३ संघीय सांसद र प्रदेशतर्फका ५ सय १८ जना सांसदले मतदान गरेका थिए । संघ र प्रदेशसका कुल ५२ हजार ६ सय २८ मतभार रहेकोमा ४९ हजार ५ सय ९१ मतभार प्राप्त भएको थियो । जसमा राष्ट्रपति निर्वाचित हुन लागि २६ हजार ३ सय १५ मतभारको आवश्यकता रहेको थियो ।