मैलेपनि भलिबल खेलेको थिए: केपी शर्मा ओली

  गाैरीशंकर टाइम्स सम्बाददाता  519 पटक हेरिएको

काठमाडौ । पुर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भलिबल खेल खेलेको स्मरण गर्नुभयो । ओलीले च्यासलस्थित पार्टी कार्यलयमा आयोजित नेकोसको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भलिबल खेलको अनुभव बताउनुभएको हो ।

नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको सपथ ग्रहण कार्यक्रममा आफुले पनि भलिबल खेलेको अनुभव बताउनुभएको हो । उहाले खेल धेरै छ, खेलाडीले सबैमा होइन, आफ्नो दक्षता, रुचि र क्षमता अनुसार खेलखेले परिपक्व र लक्ष्य हासिल गर्ने बताउनुभयो ।

नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा सम्पन्न भएको थियोे । बन्दशस्त्रको क्रममा अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको दुर्घटनामा परि निधन भएको हुदा निर्वाचन मण्डलले पदाधिकारी घोषणा र सपथ ग्रहण स्थगित गरेको थियोे ।

विराटनगरमा सम्पन्न महाधिवेशनले पर्शुराम बस्नेतको नेतृत्वमा १ सय ७५ जना केन्द्रीय समिति निर्विरोध निर्वाचित गरिएको छ । बन्दशस्त्र हलबाटै निर्विरोध अध्यक्षको घोषणा गरिसकेको र बाकी स्थगित गरिएको निर्वाचन मण्डलका संयोजक भनुभक्त ढकालले बताउनु भयो ।

त्यसैगरी, स्थगित बन्दशस्त्रलाई पुर्णतादिन पार्टी केन्द्रीय कार्यलयमा शुक्रबार कार्यक्रम आयोजना गरि पदाधिकारी धोषणा, शपथ ग्रहण र प्रमाणपत्र वितरण गरि जिम्मेवारी हस्तान्तरण गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार