दोलखा । नेकपा एमालेको संगठन सुदृढीकरण एवं विस्तार अभियान मिसन ग्रासरुट अन्तर्गत फाल्गुन ५ गतेबाट सुरु भएको संगठन बिस्तारको कार्यक्रमले व्यापकता पाएको छ । यसैक्रममा दोलखा जिल्ला गौरीशंकर हिमालको फेदमा रहेको गौरीशंकर गाउँपालिकामा एमालेले सबै वडाहरुको प्रतिनिधित्व गरी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द प्रसाद दुलालले पार्टी संगठनलाई अगाडी वढाउन यो अभियानले वैचारिक रुपमा बोलियो र भावनात्मक रुपमा एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभएको छ । नेता दुलालले सबै राजनैतिक परिवर्तन हरूको अगुवाइ गरेको नेकपा एमालेसँग वैज्ञानिक समाजवादमा पुग्ने स्पष्ट मार्गचित्र, विशाल सङ्गठन, लोकप्रिय नेताहरु र अब्बल कार्यकर्ताहरूको टिम रहेकाले निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । अतिथि दुलालले युवा पुस्तालाई उत्पादनमा जोडिन नसक्दा युवासक्ति देशबाट बाहिरी स्थिति नरोकिएकोप्रति भने चिन्ता व्यक्त गर्नुभएको छ ।
गौरीशंकर गाउँपालिका कमिटिका अध्यक्ष जङ्ग गुरुङको अध्यक्षतामा भएको बैठकमा प्रदेश कमिटीका सदस्य गणेश कार्कि, गाउँपालिकाका इञ्चार्ज स्वयंमबहादुर खड्का लगाएतले बोल्नुभएको थियो ।