जिल्लाको ११ मध्ये जिरी, त्रिपुरा र प्रताप क्याम्पसमा मात्र निर्वाचन हुने

  गाैरीशंकर टाइम्स सम्बाददाता  152 पटक हेरिएको

दोलखा । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ११ वटा मध्ये तीनवटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुने भएकोछ । जिल्लाको जिरी क्याम्पस जिरी, त्रिपुरा क्याम्पस नाम्दु र प्रताप समृति क्याम्पस सिंगटीमा मात्र स्ववियु निर्वाचन हुनेभएको हो ।

जिल्लाको गौरीशंकर, चरिकोट, शैलुङ, गोल्मेश्वर, हनुमन्तेश्वर, मेलुङ, सुनखानी र हिम्स कलेजमा तत्काल स्ववियु निर्वाचन नहुने भएको छ । निर्वाचनका लागि हनुमन्तेश्वर, गोल्मेश्वर र मेलुङ क्याम्पसमा प्रक्रिया सुरु भएरपनि विवाद भएपछि निर्वाचन स्थगित गरिएको हो । निर्वाचनका लागि अन्य क्याम्पसमा भने प्रक्रिया नै सुरु नभएको हो ।

आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि प्रमुख क्याम्पसमा नै स्ववियु निर्वाचन नहुने भएपछि दोलखामा स्ववियु निर्वाचनको माहोल खासै तातेको छैन । राजनीतिक भातृसंगठनहरु नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीको निर्वाचनका लागि मनोनयन दर्तामा विवादका कारण स्ववियु निर्वाचन स्थगित भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार