गौरीशंकरमा एमालेले आममाफी दिदै प्रशिक्षण भेला सम्पन्न

  गाैरीशंकर टाइम्स सम्बाददाता  358 पटक हेरिएको

दोलखा । नेकपा एमाले गौरीशंकर पालिका कमिटीले विभिन्न चरणमा भएको निर्वाचनमा अर्न्तघात गर्नेलाई आममाफी दिदै प्रशिक्षण भेला सम्पन्न गरेकोछ । एमालेले संगठन बिस्तार एवं सुदृढीकरण अभियानको क्रममा पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

प्रशिक्षण कार्यक्रम जङ्ग गुरुङको अध्यक्षता र नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द प्रसाद दुलालको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश कमिटीका सदस्य गणेश कार्कि, पालिकाका इञ्चार्ज सोयम बहादुर खड्का, सहइन्चार्ज जेबी गुरुङ, जिल्ला कमिटी सदस्य निमा लामा, शंखनिमा शेर्पा, कुमार विक, झलक कुमार कार्की, माधब खत्री लगाएत उपस्थित रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा पालिका कमिटीका अध्यक्ष गुरुङले स्थानीय, प्रदेश र संघको निर्वाचनका क्रममा पार्टी भित्र अर्न्तघात गर्नेलाई आममाफी दिदै संगठनलाई एकढिक्का बनाउने बताउनुभयो । बैठकले आगामी चैत १० गतेदेखि वडास्तरीय पार्टी प्रशिक्षणभेला गर्ने निर्णयसमेत गरेको छ । एमालेका फाल्गुन ५ गतेबाट सुरु भएको संगठन बिस्तारको कार्यक्रम मिसन ग्रासरुट देशभरि व्यापक रुपमा सञ्चालन हुदै आएको छ ।

शनिबार सम्पन्न प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि दुलालले राजनितिक परिवर्तनका अगुवाइ गरेको नेकपा एमालेसँग वैज्ञानिक समाजवादमा पुग्ने स्पष्ट मार्गचित्र, विशाल सङ्गठन र अब्बल कार्यकर्ताको टिम रहेकाले निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनुभयो । नेता दुलालले युवा पुस्तालाई उत्पादनमा जोडिन नसक्दा युवाशक्ति देश बाहिरिने स्थिति नरोकिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

त्यसैगरी, कार्यक्रममा अतिथिहरुले पार्टी सुढृदीकरणका लागि आ-आफ्नो धारणाहरु व्यक्त गर्नुभएको थियोे । प्रशिक्षण भेलामा निर्वाचनको समिक्षा गर्दै १ देखि ९ नम्बरसम्मको वडागत रिर्पोटिङ समेत प्रस्तुत गरेको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार