राष्ट्रपति विद्यादेवि भण्डारी निवर्तमान हुदै, आजै पद हस्तान्तरण गरी निजी निवास सर्दै

  गाैरीशंकर टाइम्स सम्बाददाता  205 पटक हेरिएको

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आजबाट पद हस्तान्तरण गरी निजी निवास सर्दैहुनुहुन्छिन् । दुई कार्यकाल राष्ट्रपतिमा करिब ७ वर्ष बिताएकी भण्डारी शितलनिवासबाट आफ्नै नीजि निवास सर्न लागेकी हुन् ।

भण्डारीले २०७४ फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन । उनको पाँच वर्षीय कार्यकाल आइतबार पूरा भएको थियोे ।

राष्ट्रपति भण्डारीले आइतबार कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतलनिवासमा राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेट गरेकी थिइन् । सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गरेकोमा प्रधानमन्त्री, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यावाद दिएकी थिइन् । शीर्ष नेताहरूले उनको कार्यकाल सफलतापूर्वक पूरा भएकोमा बधाइ दिएका थिए ।

नवनिवार्चित राष्ट्रपति रामचन्द्र पौडेलले आजै दिउँसो सपथग्रहण लिदै हुनुहुन्छ । राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउनेछन् । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार