काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । पौडेलले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनुभएको हो ।
पौडेल गत फागुन २५ गते तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियोे । नेपालको संघीय कानुन अनुसार राष्ट्रपतिलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथग्रहण गराउनुभयो ।
सपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति डा। रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष लगायत सहभागी थिए ।
निवर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीले २०७४ फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन । उनको पाँच वर्षीय कार्यकाल आइतबार पूरा भएको छ । सपथग्रहण सम्पन्न पश्चात् भण्डारीले पौडेललाई सफल कार्यकालको बधाई दिइन ।
सोही समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरे ।