काठमाडौं । नेपाल खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । खेलकुद महासंघको केन्द्रिय कार्यालय पुरानो बानेश्वरमा आज आयोजित पदभार ग्रहण कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष पर्शुराम बस्नेतलाई पुर्वअध्यक्ष तथा नेकोस सह–ईन्चार्ज रमेश पौडेलले पदभार ग्रहण गराउनु भएको हो ।
महासंघका उपाध्यक्ष, महासचिव लगायत अन्य पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष पर्शुराम बस्नेतले पदभार ग्रहण गराउनु भयो । महासंघको विराटनगरमा फागुन ७ गते सम्पन्न दोस्रो महाअधिवेशनबाट १ सय ७५ जना केन्द्रीय कमिटी निर्वाचित गरिएको थियो ।
पदाधिकारीको पदभार ग्रहणसँगै सोमबारको बैठकले आसन्न स्वबियु निर्वाचनमा अनेरास्वबियुलाई कसरी पहिलो बनाउने भन्ने वारेमा अध्यक्ष पर्शुराम बस्नेत लगायत नेकोसका पदाधिकारीहरुले अनेरास्वबियुको प्रतिनिधिहरुसंग छलफल गर्नुभयो ।
साथै अनेरास्वबियुलाई स्वबियु निर्वाचनमा सहयोग गर्न नेकोस महासचिब धरम बहादुर लामाको सयोंजकत्वमा १ सय १ सदस्यिय कमिटी निर्माण गरेको महासंघका सचिब तथा प्रबक्ता तिर्थबहादुर खड्काले बताउनुभयो । सोही अवसरमा नेकोसका अध्यक्ष बस्नेतले अनेरास्ववियुका अध्यक्ष बडाललाई आर्थिक सहयोग पनि हस्तान्तरण गर्नु भएको छ ।