नेपालले इतिहास रच्दै एकदिवसीय विश्वकप क्रिकेटमा छनौट

  गाैरीशंकर टाइम्स संवाददाता  89 पटक हेरिएको

चैत्र २, २०७९

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेकोछ । बिहीबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो ।

आईसीसी पुरुष क्रिकेटमा युएईविरुद्ध ९ रनले जित हासिल गर्दै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको हो । बिहीबारको खेल नेपाली क्रिकेटको सबैभन्दा ठूलो इतिहास बनेको छ । आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल खेल्न पाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार