उपराष्ट्रपतिमा जसपाका नेता रामसहायप्रसाद यादव निर्वाचित

  गाैरीशंकर टाइम्स संवाददाता  156 पटक हेरिएको

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ । उपराष्ट्रपतिको शुक्रबार भएको निर्वाचनमा एमालेका उम्मेद्धार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै यादव निर्वाचित हुनुभएको हो ।

निर्वाचित यादवले ३० हजार ३ सय २८ मतभार प्राप्त गरेकोमा संघीयसभातर्फ १४ हजार ५ सय ३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका हुन् । निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले मत दिएका हुन् । तिन तहका कुल मतभार ५२ हजार ६ सय २८ रहेको मध्ये यादवले २६ हजार ३ सय १४ भन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् ।

त्यसैगरी, यादवका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार १ सय १२ र संघीय सभातर्फ ८ हजार २ सय १६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरेका थिइन् । जनमतका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७ सय २० र संघतर्फ १ हजार ८ सय १७ गरी २ हजार ५ सय ३७ मतभार प्राप्त गरेको उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार