प्रधानमन्त्रीले पुनः पाए सांसदबाट विश्वासको मत


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक संंसदबाट विश्वासको मत पाउनुभएकोछ । एमाले सरकारबाट बाहिरिएपछि सोमबार प्रधानमन्त्रीले प्रतिनिधीसभामा पुनः विश्वासको मत लिनु भएको हो ।

यसअघि प्रचण्डले नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री भएपछि पुस २६ गते विश्वासको मत लिनुभएको थियो । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर एमाले सरकारबाट बाहिरीएपछि प्रचण्डले दोस्रो पटक विश्वासको मत लिनुपरेको हो । सोमबारको प्रतिनिधिसभा बैठकमा २ सय ६२ जना उपस्थित सांसदहरु मध्ये प्रचण्डलाई १ सय ७२ जनाले विश्वासको मत दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार