लामिछानेलाई राजनीतिक बाटो खोल्दै राहदानीको मुद्धामा सफाई

  गाैरीशंकर टाइम्स संवाददाता  121 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी ऐन विपरीतको कसूरमा मुद्दा चलाउन नसकिने निर्णय गरेको छ । महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा नचलाउने निर्णय गरेको हो ।

सोमबार विज्ञप्ती जारी गर्दै प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए ।

लामिछानेविरुद्ध सर्वोच्च अदालतले गत माघ ३ गते विदेशको नागरिकता लिनेहरुको नेपाली नागरिकता कायम नरहने व्याख्या गरेको थियो । ‘कायम नभएको’ नागरिकताका आधामा लामिछानेले नेपाली राहदानी लिएको भन्दै अनुसन्धान गर्न प्रहरीमा उजुरी परेको हो । लामिछानेविरुद्ध परेको सो उजुरीको आधारमा प्रहरीले छानविन गरेर महान्यायाधिवक्ता कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार