राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख

  गाैरीशंकर टाइम्स संवाददाता  409 पटक हेरिएको

काठमाडौ । तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार सोल्टी होटलमा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गर्नुभएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) रहेकोछ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

राष्ट्रिय योजना आयोगले जनगणना २०७८ सालको गणना गर्न केन्द्रीय तथ्यांक विभाग मार्फत २५ कात्तिकदेखि ९ मंसिरसम्म तथ्यांक संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० सार्वजनिक गरेको थियो । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार