काठमाडौ । तथ्यांक विभागले सार्वजनिक गरेको नतिजा भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ को गणनामा प्रतिपरिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी ५.९४, दोलखा र गोरखा जिल्लामा सबैभन्दा कम ३.४९ रहेको छ ।
२०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४ लाख २७ हजार ३ सय २ रहेको थियो । भौगोलिक क्षेत्रको तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१ करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.३१ प्रतिशत (१ करोड १७ लाख ५७ हजार ६ सय २४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९ सय ४८ जना) जनसंख्या रहेको छ ।
प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ । जिल्लागत रुपमा सबैभन्दा बढी जनसंख्या काठमाडौंमा २० लाख ४१ हजार ५ सय ८७ जना र सबैभन्दा कम जनसंख्या मनाङमा ९५ हजार ६ सय ५८ जना रहेकोछ ।