काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा वसन्त कुँवर बढुवा हुनुभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी कुँवरलाई आईजीपीमा बढुवा गरेको हो ।
प्रहरीका वहालवला आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवाअवधिका कारण शनिबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त रहेका स्थानमा कुँवरलाई बढुवा गरिएको हो । नेपाल प्रहरीको आईजीपी बन्ने प्रतिस्पर्धामा कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेको थियो । सरकारले वरीयताका आधारमा बढुवा गरेसंगै कुँवर ३०औं आईजीपी बनेका हुन् ।