रास्वपाले तीनै क्षेत्रको उपनिर्वाचनमा गठबन्धन नगरी उम्मेदवारी दिने

  गाैरीशंकर टाइम्स संवाददाता  154 पटक हेरिएको


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ । रास्वपाको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा एकल उम्मेदवार उठाउने निर्णय गरेको हो ।

रास्वपाको केन्द्रीय कार्यलय बसुन्धरामा बसेको बैठकले तीनवटै क्षेत्रमा पार्टीले अन्य दलसँग गठबन्धन नगरी उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बताए । आगामी २०८० वैशाख १० गते तनहुँको क्षेत्र नं. १, चितवनको क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार