दोलखामा मकर जितुमाया हाईड्रोको आईपीओ बाँडफाँड, स्थानीय सबैले पाए सेयर


काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियबासीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले बिहीबार सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले दोलखाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका सर्वसाधरणहरुको लागि ७ लाख ६० हजार तथा वैदेशीक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ५२ हजार कित्ता साधारण सेयर जारी गरेको थियो । कम्पनीले २०७९ माघ १५ गतेदेखि २९ गतेसम्म सेयर बिक्री खुला गरिएको थियो । त्यससंगै, कम्पनीले आवेदनका लागि १५ दिन थप गरी २०७९ फागुन १५ गतेसम्म सेयर आवेदन संकलन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार