भुमेगुम्बाको अभिभावक भेलाबाट अध्यक्षमा रञ्जना गुरुङ निर्वाचित

  गाैरीशंकर टाइम्स संवाददाता  351 पटक हेरिएको

चंखु, दोलखा । दोलखाको उत्तरी भेगमा अवस्थित भुमेगुम्बा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रञ्जना गुरुङ निर्विरोध निर्वाचित भईन् । विद्यालयको अभिभावक भेलाले आगामी तीन वर्षको लागि गुरुङ अध्यक्षमा निर्वाचित भएकीहुन् ।

शनिवार सम्पन्न विद्यालयको अभिभावक भेला जेष्ठ नागरिक कृष्णबहादुर गुरुङको अध्यक्षता र वडाध्यक्ष निमासाङ्गे शेर्पाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पालिका सदस्य लानुरी शेर्पा, वडाका जनप्रतिनिधीहरु, विभिन्न संघसंस्थाको प्रतिनिधीहरु, विद्यालयका कर्माचारी लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

उक्त भेलाबाट सदस्यहरुमा डम्बर बहादुर गुरुङ, साम्डी शेर्पा, धनबहादुर गुरुङ, नारायण बहादुर गुरुङ, मानकुमारी वि.क., फिनडोमा शेर्पा र लानुरी शेर्पालाई निर्विरोध निर्वाचित गरिएकोछ । विद्यालय व्यावस्थापन समितिको सदस्य सचिवमा कुमार गुरुङ र शिक्षक प्रतिनिधीमा मेनुका आर्चय गुरुङ रहनुभएको छ । सरकारी विद्यालय व्यावस्थापन समितिको इतिहासमा महिलाको नेतृत्व कमैमात्र भेटिने गरिन्छ ।

अभिभावक भेलाका प्रमुख अतिथि निमासाङ्गे शेर्पाले कार्यक्रमलाई शुभकामना दिनुहुदै विद्यालयमा गुणस्तरीय र प्राविधिक शिक्षाका लागि स्थानिय तहले सहयोग गर्ने बताउनुभयो । उनले विद्यालयका लागि चाहिने आवश्यक बजेट र शैक्षिक सामाग्री जुटाउन स्थानीय सरकार सदैव तत्पर रहनेसमेत बताउनुभयो ।

अध्यक्षमा निर्वाचित भएपछि गुरुङले विद्यालयको शैक्षिक गुणस्तरलाई जिल्लाकै नमुना र उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरिन । म पनि पहिला यसै विद्यालयको विद्यार्थी हुँ, अबको आगामी दिनमा विद्यालयको गुणस्तरिय शिक्षामा उन्नति र प्रगतिको लागि सबैसंग सहजिकरण गरेर कार्यक्रम ल्याइने बताइन ।

भुमेगुम्बा २०१६ सालमा शिशु कक्षा स्थापना गरी गोठबाट सुरु गरिएको थियो । प्राथमिक तह, आधारभुत तह हुदै हाल कक्षा १२ सम्म पढाइ हुदै आएकोछ । अहिले सो विद्यालयमा सुविधासम्पन्न भौतिक संरचना र विद्यार्थीलाई छात्रवासको समेत सुविधा रहेकोछ । ग्रामीण भेगको सरकारी विद्यालय भएतापनि शैक्षिक गुणस्तरमा निजी विद्यालयको भन्दा कम नभएको प्रधानध्यापक कुमार गुरुङले वताउनुभयो । गुरुङका अनुसार विद्यार्थीलाई अध्यापनमा गुणस्तरिय, प्राविधिक र व्यावहारमुखी शिक्षामा प्राथमिकता दिएको समेत बताउनुभयो ।

त्यसैगरी, गौरीशंकर गाउपालिका वडा नं ६ चंखुमा अवस्थित भुमेगुम्बामा बालकक्षादेखि १२ सम्म करिब २ सय ५० हाराहारीको विद्यार्थीले अध्यायन गरिदै आएको छ । भुमेगुम्बाले २०५३ सालमा निमावि तह, २०६७ सालमा मावि तह र २०७७ सालमा कक्षा ११ र १२ अध्यापनको स्विकृति पाएको थियो । सो विद्यालयमा हाल वालविकास सहजकर्ता १ जना, प्रावि तहमा ४ जना, आधारभुत तहमा ३ जना, मावि तहमा ३ जना र स्थानीय स्रोतबाट १ जना शिक्षक कर्माचारी रहेकोछ । विद्यालयमा लेखा शाखामा १ जना, पुस्ताकालय व्यावस्थापनमा १ जना र कार्यलय सहयोगी १ जना गरी जम्मा १५ जना कर्मचारी कार्यरत रहेकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार