दोलखा । शैक्षिक क्षेत्रमा योग्दान पुर्याउने पुरानो गौरीशंकर बहुमुखी क्याम्पसको ४२औ स्थापना दिवस मनाएको छ । क्याम्पसको बुधवार सदरमुकामस्थित चरिकोटमा बृहत कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।
क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्याक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष आत्माकृष्ण श्रेष्ठ प्रमुख अतिथ्य रहनुभएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य तथा जिल्लाको राजनीतिक दलका नेताहरु, स्थानीय तहका जनप्रतिनीधिहरु लगायत विभिन्न संघसंस्थाको प्रतिनीधिहरुको उपस्थिति थियो ।
त्यसैगरी, गौरीशंकर बहुमुखी क्याम्पसको ४२औ स्थापना दिवस तथा क्याम्पस सभाबाट अध्यक्षमा अमृत राउत निवार्चित भएका छन । सभाबाट पुर्वस्ववियु सभापति रावतलाई व्यावस्थापन समितिको अध्यक्षमा निर्वाचित गरिएको हो ।
यसैबीच सभाले ब्यावस्थापन समितिमा निवर्तमान अध्यक्ष राजेन्द्र मानन्धर सदस्यहरुमा शंकरलाल श्रेष्ठ, श्रीकृष्ण बस्नेत, विश्वमणि चौलागाई, घनश्याम रिजाल, गोविन्द मानन्धरलाई निर्वाचित गरिएको छ । समितिको सदस्यहरुमा डा. जानुका न्यौपाने, राम्जी चौलागाई, रामकृष्ण केसी र सदस्य सचिवमा क्याम्पस प्रमुख शान्त केसी रहनुभएको छ । त्यस्तै पदेन सदस्यहरुमा जिल्ला समन्वय समिति, भिमेश्वर नगरपालिका, वडा नम्बर ३ का अध्यक्ष, प्राध्यापक संघका अध्यक्ष, विद्यार्थी प्रतिनिधि र त्रिविविका प्रतिनिधि रहेका छन् ।