प्रधानमन्त्रीले सातौं पटक सरकार विस्तार गर्दै आफैले राखे आठ मन्त्रालय

  गाैरीशंकर टाइम्स सम्बाददाता  115 पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सातौंपटक मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले कायम रहेका मन्त्रीहरुको कार्यविभाजन हेरफेर गर्दै नयाँ मन्त्रीमण्डल विस्तार गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दुई उपप्रधानमन्त्री सहित १७ जना मन्त्रीपरिषद् बनाएको छ । सरकारको नयाँ विस्तारित मन्त्रीमण्डलमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ रहेका छन् ।

त्यस्तै, कृषिमन्त्री डा. बेदुराम भुसाल, शिक्षामन्त्री अशोककुमार राई, श्रममन्त्री शरतसिंह भण्डारी, अर्थमन्त्री प्रकाशशरण महत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महिन्द्र राय यादव रहेका छन् ।

त्यसैगरी, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा, पर्यटनमन्त्री सुदन किराँती, सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ, उद्योगमन्त्री रमेश रिजाल, सहरी विकासमन्त्री सीता गुरुङ र पर्यटन राज्यमन्त्रीमा सुशिला सिर्पाली ठकुरी रहेका छन् ।

प्रधानमन्त्रीले विस्तार गरेको मन्त्रालय बाहेक आठ मन्त्रालय आफैसंग राखेका छन् । कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ तथा जनसंख्या र खानेपानी मन्त्रालय आफैसंग राखेका हुन् ।

नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति सामक्ष शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ खुवाउनु भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार