काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परिक्षा “एसइई” सुरु भएको छ । शुक्रबारबाट देशव्यापी एकैसाथ एसइई परिक्षा सुरु भएको हो ।
सरकारले विद्यार्थीको शैक्षिक योग्यता मापन गर्न र स्तरोन्नतिका लागि हरेक वर्ष एसइई सञ्चालन गरिदै आएका छन् । यस वर्ष एसइई परिक्षामा ४ लाख ८५ हजार ३ सय ९६ परिक्षार्थीहरू सामेल भएका माध्यमिक शिक्षा परिषद्ले जानकारी दिएका छन् ।