दोलखा । नेकपा एमाले गौरीशंकर गाउपालिका संगठन कमिटीले छाँया सरकार गठन गर्दै मिसन ग्रासरुट कार्यक्रम समापन गरिएको छ । गत चैत ११ गतेदेखि सुरुभएको वडास्तरिय प्रशिक्षणात्मक कार्यक्रममा पालिका तथा वडागत तहमा छाँया सरकार गठन गर्दै मिसन ग्रासरुट कार्यक्रम समापन गरिएको हो ।
गत फागुन २७ गते बसेको पालिका कमिटीको बैठकले निर्णय गरिए बमोजिम १ देखि ९ नंम्वर वडासम्म संगठन विस्तार र प्रशिक्षणात्ममुक कार्यक्रम गरेको हो । कार्यक्रमबाट संगठन सुढृद्धीकरण, वडागत रिर्पोटिङ, संगठित सदस्य नविकरण र संगठनलाई पुर्नगठन समेत गरिएको छ ।
ग्रासरुट अभियान पालिका कमिटीका अध्यक्ष जङ्ग गुरुङ संयोजक, केन्द्रिय सदस्य गोविन्दप्रसाद दुलाल इन्चार्ज, वागमती प्रदेश कमिटीका सदस्य गणेशबहादुर कार्की सहइन्चार्ज र वागमती प्रदेश कमिटी सदस्य उर्मिला थामी रहनुभएको थियो । त्यस्तै पालिका इन्चार्ज सोयमबहादुर खड्का, सहइन्चार्ज जेबी गुरुङ, जिल्ला कमिटी सदस्य तथा नेकोस सचिब तिर्थबहादुर खड्का, नेकोसका केन्द्रीय सदस्य उर्वसी श्रेष्ठ पनि अभियानमा सहभागी रहेको थियो ।
मिसन ग्रासरुट अभियानमा संगठन सुढृद्धीकरण, पार्टी निर्माण सम्बन्धि प्रशिक्षण, वडागत रिर्पोटिङ लगायतको विषयमा छलफल भएको थियो । यस अभियान मार्फत स्थानीय तहको विकास निर्माणमा अनियमितता, भ्रष्टचार, विभेदकारी विकास लगायतको गतिविधिलाई निग्रानी गर्न पालिका तथा वडास्तरिय छाँया सरकार समेत गठन गरिएको छ ।
त्यसैगरी, गत चैत्र ११ गते १ नम्बर वडा जुँगुबाट थालनी गरिएको अभियान १७ गते शुक्रबार टासीनाम, सिमीगाँउ र रिकु पुगेर मिसन ग्रासरुटको अभियान समापन गरिएको अध्यक्ष जङ्ग गुरुङले बताए । उनका अनुसार वडा र पालिकामा विकास निमार्ण कार्यमा विभेदकारी, भ्रष्टचार र अनियमितता गरिए पार्टीको छाँया सरकारले प्रतिरोध गरी कार्वाही गरिने समेत बताए ।