दुवै खुट्टा नभएका पूर्वगोरखा सैनिक सगरमाथा चढ्न आधार शिविरतर्फ

  गाैरीशंकर टाइम्स संवाददाता  164 पटक हेरिएको

काठमाडौं । दुवै खुट्टा नभएका पूर्वगोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गर्नुभएको छ । बुधवार हरि त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएको हो ।

शारीरिक अशक्त रहनुभएका मगरको दुवै खुट्टा छैनन् । उहाँ कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । शारीरिक अशक्त भएका व्यक्तिहरू कमजोर हुँदैनन् भन्ने आत्मविश्वासका साथ सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।

उहाँले आफूजस्तै साथीहरुमा उत्साह जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले आफ्नो लागि सगरमाथा आरोहणको समय तालिका दुई महिनाको हुने बताउनु भयो ।

उहाँले आफु धेरै खुशी भएको र आफु मात्रै होइन, आफु जस्ता धेरै अशक्त व्यक्तिलाई सगरमाथा चढाउनु पर्ने बताउनु भयो । उनको सन् २०१० मा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाउनुभएको थियो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुनुहुन्छ ।

उहाँको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको थियो । उहाँ यसअघि पनि सगरमाथाको आधारशिविरसम्म पुगिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार