रविविरुद्धको उजुरी खारेज गर्दै उम्मेदवारी कायम

  गाैरीशंकर टाइम्स संवाददाता  117 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपनिर्वाचनका लागि उमेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनको उमेदवारीविरुद्ध परेका उजुरीहरु खारेज गर्दै उमेदवारी कायम भएको हो ।

आगामी बैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनका लागि लामिछानेलाई उम्मेदवारीमा कायम गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यलयमा लामिछानेको उमेदवारीविरुद्ध बुधवार ४ वटा उजुरी मध्ये तीनवटा खारेज गरिदिएको छ ।

त्यसमध्ये, युवराज पौडेलले दिएको उजुरीबारे लामिछानेसँग सात दिने स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरणको जवाफ आएपछि निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार