लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा पासाङ शेर्पा र महासचिवमा पेम्बा गुरुङ भेटे निर्वाचित

  गाैरीशंकर टाइम्स संवाददाता  120 पटक हेरिएको

काठमाडौ । नेकपा एमालेका भातृ जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिबेशन सम्पन्न भएको छ । काठमाडौंमा आयोजित दोस्रो महाधिबेशनले अध्यक्षमा पासाङ शेर्पा र महासचिवमा पेम्बा गुरुङ भोटेलाई सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न गरिएको हो ।

महासंघको केन्द्रिय अध्यक्ष गोकुल घर्तिमगरको अध्यक्षतामा आयोजित कार्यक्रममा करिव ५ हजार उपस्थितिहरु बीच पार्टी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, स्थायी कमिटी सदस्य एवं जनसंगठन विभाग प्रमुख भानुभक्त ढकाल, अनेम संघकी केन्द्रिय अध्यक्ष थममाया थापा मगर, निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा लगायतको नेताहरु उपस्थिती रहेनुभएको थियो ।

त्यस्तै, “सामाजिक न्याय, र समानताका लागि हाम्रो अभियान, पहिचाहन, पहुच र प्रतिनिधित्वको लागि दोस्रो राष्ट्रिय महाधिबेशन” भन्ने मुल नाराका साथ २०७९ चैत १९ र २० गते सम्पन्न महाधिवेशनले १७ जना पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिएको छ । संगठनको उपाध्यक्षमा देवनारायण चैधरी (सप्तरी), ज्ञानेन्द्र पुन मगर(गुल्मी), मीना कुमारी गुरुङ (कास्की) र विजय लोप्चन (नुवाकोट) सर्वसम्मत निर्वाचित गरिएको हो ।

त्यसैगरी, उपमहासचिवमा देवराज राई (उदयपुर) र प्रेमकुमार श्रेष्ठ (भक्तपुर) रहेको छ । संगठनको सचिवहरुमा मन्दिरा श्रेष्ठ (धादिङ), हिरु सारा राना (पाल्पा), शान्ति पाख्रिन (सर्लाही), सोनाम छिरीङ (मुगु), श्याम विक्रम (पाँचथर), विवेक श्रेष्ठ (दाङ), होमबहादुर गुरुङ (कास्की), हर्कमान तामाङ (काभ्रे) र कोषाध्यक्षमा ज्योति लामा (काठमाडौं) निर्वाचित गरिएको छ । त्यस्तै महासंघको केन्द्रिय लेखा आयोगको अध्यक्षमा सुमन श्रेष्ठ (काठमाडौं) निर्वाचित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार