काठमाडौ । तमू(गुरुङ) सञ्चारकर्मी संघ नेपालको पाचौं केन्द्रीय महाधिबेशनबाट अध्यक्षमा स्याङ्जाको चित्रबहादुर गुरुङ (लाला) निर्वाचित हुनुभएको छ । कास्कीको मादी गाउपालिका स्थित ताङतिङ्मा चैत्र २४ देखि २६ गतेसम्म भएको राष्ट्रिय महाधिबेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरिएको हो ।
कास्कीको पर्यटकीय स्थल ताङतिङमा सम्पन्न महाधिवेशनले लाला गुरुङको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरिएको छ । समितिको उपाध्यक्षमा खिमा गुरुङ(कास्की), महासचिवमा चित्रबहादुर गुरुङ(चितवन), सचिवमा कोमबहादुर गुरुङ(रुपन्देही) र कोषाध्यक्षमा अनिता गुरुङ(गोरखा) रहनुभएको छ । समितिका सदस्यहरुमा केशव गुरुङ(गोरखा), किरण गुरुङ(कास्की), इन्द्रबहादुर गुरुङ(कास्की), केशब गुरुङ(सिन्धुली), दोलख गुरुङ(धादिङ्ग) र दानबहादुर गुरुङ(चितवन) चयन गरिएको निर्वाचन मण्डलमा प्रमुख अनिता गुरुङले जानकारी दिइन् । संघको विधानमा व्यावस्था भएबमोजिम ३ वर्षे कार्यकालका लागि बाकी सदस्यहरुमा पदाधिकारीको बैठकले मनोनित गर्न सकिने व्यावस्था भएको निर्वाचन मण्डलका सदस्य डण्ड गुरुङले जानकारी गराउनु भयो ।
संघका केन्द्रीय महाधिबेशन आयोजक कमिटीका संयोजक रविन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सरकारको कृषि, उर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङ प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी, कार्यक्रममा मादी गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङ, मादी १ का वडाअध्यक्ष देविजङ्ग गुरुङ, २ का वडाध्यक्ष भोजबहादुर गुरुङ, अन्नपुर्ण गाउँपालिका ७ का वडाध्यक्ष भरतमान गुरुङ लगायत जननिर्वाचित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
तमू सञ्चारकर्मी संघका संस्थापक अध्यक्ष तथा अग्रजहरु गणेशमान गुरुङ, भीमप्रसाद गुरुङ, होमबहादुर गुरुङ, अनिता गुरुङ, बद्रीकाजी गुरुङ, राजेश गुरुङ, डण्ड गुरुङ, आदिवासि जनजाति पत्रकार महासंघ (फोनिज)का उपाध्यक्ष जगत दोङ, गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)को अध्यक्ष गुञ्जबहादुर गुरुङ लगायतको उपस्थिति रहनुभएको थियो । कार्यक्रममा देशभरिका विभिन्न मिडियामा अवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
महाधिवेशनको उद्घाटनशस्त्रलाई सम्वोधन गर्नुहुदै मन्त्री गुरुङले सामाजिक मुल्यमान्यता, जातीय अस्तित्व, पहिचाहन र अधिकार प्राप्तिका लागि सबै तमू सञ्चारकर्मी संगठित भइै निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो । गुरुङ साँस्कृतिक गाउँ ताङ्गतिङ्गमा सञ्चारकर्मी संघको केन्द्रीय महाधिवेशन हुनाले आफु ज्यादै खुशी भएको र गण्डकी सरकारले समेत आवश्यक सहयोग गरिने बताउनुभयो ।