काठमाडौं । नागरिक उपभोक्ता बहुउदेशीय सहकारी संस्था लिमिटेडको पाचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका पूर्वउपमेयर रमादेवि राईको प्रमुख अतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाको कार्यलयमा सोमबार आयोजित साधारण सभामा नगरपालिकाको २ नम्बर वडाध्यक्ष राजेन्द्र श्रेष्ठ, संस्थाको सल्लाहकारहरु लगायत विभिन्न संघसंस्थामा आवद्ध सहकारीकर्मीहरुको उपस्थिति रहनु भएको थियो । यस वर्ष कोभिड–१९ अर्थात कोरोना भाइरसको प्रभाव विस्तारै अर्थतन्त्रमा परेको हुदाँ विषम परिस्थितिमा विभिन्न प्राविधिक व्यावस्थापनको कारणले गर्दा साधारणसभा गर्न समय लागेको थियो ।
संस्थाले सहुलियत सहकारी मार्ट सञ्चालन गरिएको हुदाँ आन्तरिक प्राविधिक व्यावस्थापन सुधार गरी शेयर सदस्य र सञ्चालकहरुलाई उपस्थिति गराई साधारणसभा सम्पन्न गरेको अध्यक्ष विष्णुचन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँले कार्यक्रममा प्रतिवेदन पस्तुत गर्नुहुदै कोभिड–१९ अर्थत कोरोनाको महामारीको विषम परिस्थितिमा सदस्यहरुको सेवामा कुनै कमी हुननदिई १० प्रतिशत मुनाफा बाडेको बताउनुभयो । अहिले सहकारीहरुमा आर्थिक संकट बढेको छ, सेयर सदस्य र वचतकर्तालाई रकम फिर्ता गर्न सकिरहेको छैना तर हाम्रो संस्थामा त्यस्तो कुनै समस्या नरहेको र बजारमा खराब कर्जापनि नरहेको हुदाँ यस आर्थिक वर्ष २०७८÷७९ मा ५ प्रतिशत नगद लाभंस सेयरधनी सदस्यलाई वितरण गरिने बताउनुभयो ।
संस्थाले बुढानिलकण्ठ नगरपालिका वडा नं ३ स्थित भंगालको रजिष्टार्ड कार्यलयबाट वित्तिय सेवा प्रदान गरिदै आएको छ । हाल संस्थाबाट करिब ३ सयको हारहारीमा साधारण बचतकर्ताले दैनिक वित्तिय सेवा लिइरहेको सञ्चालक समितिका सचिव रामप्रसाद गौलमले बताउनुभयो । सहकारीले आकाशेधारामा ५९ लाख ६३ हजार ६ सय र बालुवाखानीमा ६० लाख ५८ हजार ७ सय लगानी गरि दुइवटा उपभोक्ता सहकारी सहुलियत मार्ट सञ्चालन गरिदै आएको छ । सदस्यहरुले मार्टबाट सामान खरिद गर्दा कुल नाफाको १ प्रतिशत सहुलियत छुट प्रदान गरिने योजना संस्थाले वनाएको छ ।
त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि राईले अहिलेको विषम परिस्थितिमा सहकारीहरुले आर्थिक समस्या झेल्न वाध्यकारी भएको बताइन् । संस्थाले विगतको गतिविधिलाई नियालेर आगामी दिनमा समेत सञ्चालक अझै क्रियाशील भएर लाग्नुपर्ने विचार व्यक्त गरिन् । उनले सहकारी क्षेत्रमा देखिएको विकृति तथा विसंगति अन्त्य गर्न सबै लाग्नुपर्नेमा दिदै धेरै व्याज दिने नाममा सदस्य तान्ने होडबाजी चलेको भन्दै उनीहरुको लोभलालचमा नफस्न बचतकर्ताहरुलाई आग्रह गरिन् ।
त्यस्तै, कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै वडाअध्यक्ष राजेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदनमा खुलाए अनुसार अन्य सहकारीहरु जस्तो संकट यस संस्थामा नदेखिएको बताउनुभयो । सहकारीहरुले बचतकर्ताको पैसा उठाएर मनलागी घरजग्गा र शेयर बजारमा लगानी गरेको हुदाँ आर्थिक मन्दिका कारण घरजग्गा किनबेच ठप्प भएको हुदाँ काउन्टर नै बन्दगरी भाग्नुपर्ने अवस्था आएको बताए । तर यस संस्थामा त्यस्तो अवस्था देखिदैन र वचत कर्ताले ढुक्कसाथ पैसा राख्न सकिने वडाअध्यक्ष श्रेष्ठले सबै वचतकर्ता तथा सेयरधनीलाई जानकारी दिए । अहिलेको आर्थिक संकटपूर्ण समयमा सहकारी प्रति सर्वसाधरणले हेर्ने दृष्टिकोण परिवर्तन भएको हुदाँ वडा तथा नगरले समेत निग्रानी गरिने सर्वसाधरणलाई आश्वासन समेत दिए ।