काठमाडौं । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशनबाट क्षितिज थेवेको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गर्दै बिहीवार सम्पन्न भएको छ । नेपालगञ्जमा चैत २७ देखि २९ गतेसम्म जारी महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
अध्यक्षमा प्रतिस्पर्धी उम्मेदवार निवर्तमान कार्यसमितिका उपाध्यक्ष सन्तोष रावलले बन्दसत्रमा उम्मेदवारी फिर्ता लिएपछि थेवे अध्यक्षमा सर्वसम्मत भएको हो । अध्यक्ष मण्डलका सदस्य एव. नेकपा ९एमालेका० का पोलिटब्यूरो सदस्य तथा सङ्घका इन्चार्ज महेश बस्नेतले बन्दसत्र हलबाट पदाधिकारी सर्वसम्मत भएको घोषणा गर्नुभयो ।
त्यसैगरी केन्द्रीय समितिको उपाध्यक्षमा अमित लामा, कृष्णहरि केसी, पुष्पराज श्रेष्ठ, महाराज गुरूङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम सर्वसम्मत निर्वाचित भएको छ । महासचिवमा सुमन पुरी निर्वाचित, उप–महासचिवमा महेन्द्र गुरूङ र राजन थापा निर्वाचित गरिएको छ । सचिवमा विनय शाह, खेमराज शर्मा, जय गुरूङ, मोविन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णा चन्द, पर्वत भण्डारी, कुवेर अधिकारी र कोषाध्यक्षमा राकेश राई निर्वाचित भएको छ ।
त्यस्तै, केन्द्रीय लेखा आयोगको प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी र सचिवमा प्रविण बोगटी, अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली तथा निर्वाचन आयोगको प्रमुखमा बलराम बेल्बासे, उपप्रमुखमा बाबु छत्कुली र सचिवमा गोपाल नेपाली सर्वसम्मत निर्वाचित भएको हो ।