काठमाडौं । नेपाली कांग्रेसले सांसद एनपी साउदलाई परराष्ट्रमन्त्रीमा सिफारिस गरिएको छ । सांसद साउदलाई सोमबार परराष्ट्रमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराउने बालुवाटार स्रोतले जानकारी दिएको छ ।
साउदको शपथ दिउँसो ३ बजेका लागि समय निर्धारण गरिएको राष्ट्रपति कार्यलय स्रोतले जनाएको छ । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रसहित ६ मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्नु भएको छ ।