काठमाडौं। शैक्षिक क्षेत्रको नयाँ विद्यार्थी भर्ना अभियान आज सोमबारदेखि सुरु भएको छ । सरकारले शिक्षा क्षेत्रमा सबै वालवालिकालाई सम्मानजक सहभागीता गराउनका लागि देशभर एकैसाथ भर्ना अभियान सुरु गरिएको हो ।
सरकारले शैक्षिक वर्षलाई बैशाखबाटै सञ्चालन गरिने नीति तथा कार्यक्रम तर्जुमा गरिए बमोजिम नयाँ विद्यार्थी भर्ना अभियान सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समयमै भर्ना, समयमैै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने नाराका साथ अभियान सुरु गरेको हो ।
देशभर यही बैशाख २५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन हुनेछ । विद्यालय भर्ना अभियान तीन तहका सरकारले एकै साथ सञ्चालन गरेका हुन् । विद्यालय जाने उमेर समूहका सबै बालबालिका विद्यालयमा हुनुपर्छ भन्ने मान्यताका साथ सरकारले भर्ना अभियानलाई हरेक वर्ष निरन्तरता दिएको छ । सरकारले २०६१ सालेदेखि विद्यार्थी तथा अभिभावकलाई प्रोत्साहन स्वरुप प्रत्येक वर्ष भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।