काठमाडौं । सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । जन्मेको ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।
अभिभावकले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य सेवा केन्द्रमा भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेकोछ । सरकारले हरेक वर्ष बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ ।