आगलागीबाट जोगिएन वनक्षेत्र, वन कार्यलय र संरक्षण क्षेत्र भुमिका विहिन

  गाैरीशंकर टाइम्स संवाददाता  105 पटक हेरिएको

दोलखा । लामो समयको खडेरीले वनजंगलमा वर्षेनी आगलागीबाट ठूलो वन तथा पशुपंक्षीमा क्षति पुग्ने गरेको छ । यसरी वर्षेनी वन क्षेत्रमा आगलागी हुँदा लोपउन्मुख बन्यजन्यु र जडिबुट्टी विनाश हुनगैई क्षति हुने गरेको छ ।

जिल्लामा डिभिजन वन कार्यालय र गौरीशंकर संरक्षण क्षेत्रको बेवास्ताका कारण विभिन्न सामुदायिक तथा कबुलियति वनमा वर्षेनी आगलागीबाट ठुलो क्षति हुने गरेको छ । यो वर्षपनि जिल्लाको अधिकांश भुभागमा करिब १ सय २६ दशमलव ५ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । वन क्षेत्रमा आगलागीबाट वर्षेनी ठुलो क्षति भइरहेपनि डिभिजन वन कार्यालय र संरक्षण क्षेत्रले आगो लगाउने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन सकेको छैन ।

जिल्लामा यसवर्ष विभिन्न क्षेत्रमा करिब १ सय २६ दशमलव ५ हेक्टर वनमा आगलागी भएको डिभिजन वन कार्यलयले जनाएको छ । डिभिजन वन कार्यालयले वनमा लागेको आगो नियन्त्रणका लागि हरित स्वंयमसेवक तयारी अवस्थामा राखेको दावि गरेपनि ति स्वंयमसेवक कहाँबाट कसरी खटिन्छन् भन्ने सर्वसाधरणलाई कुनै जानकारी दिएको छैना । आगालागी सम्बन्धमा वन कार्यलय र संरक्षण क्षेत्रले तथ्यांक मात्र संकलन गरेर बस्ने गरेको स्थानीयको जनगुनासो रहेको छ । वन कार्यलयले आगालागी नियन्त्रण र रोकथामका लागि जनशक्ति तयारी अवस्थामा रहेको बताएपनि परिचालित गरेको देखिदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार