काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई हराउँदै जितको सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा मंगलबार मलेसियालाई ६ विकेटले हराउदै नेपालले जितेको हो ।
नेपालले जितको लागि पाएको २ सय ३६ रनको लक्ष्य ३६।२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जितका लागि भीम सार्कीले ७१ र कुशल मल्लाले ७० रनमा नट आउट रहे । त्यसैगरी, रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए ।
यसअघि मलेसियाको कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो ।