राजस्व संकलन घटेपछि सरकारले जग्गाको कित्ताकाट खुलाए

  गाैरीशंकर टाइम्स संवाददाता  536 पटक हेरिएको

काठमाडौं । सरकारले यसअघि रोक्का गरेको जग्गाका कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग सम्बन्धी नियमावली, २०७९ को पहिलो संशोधनलाई पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको हो ।

सरकारका प्रवक्त एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यो निर्णयले जग्गाको अंशबण्डा र कारोबारलाई सहज बनाउने बताइन् । उनले भूमि सुधार मन्त्रालयको प्रस्तावमा जग्गाको कित्ताकाट खुलाउने निर्णय भएको बताइन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले भनिन्, “यो नियमावली कार्यान्वयन भएपछि मन्त्रालयले गरेका निर्णय खारेज हुनेछन् । जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न नमिल्ने नियमावलीको व्यवस्था संशोधन गरिएको हो ।

तत्कालिन भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले २०७५ पुष २८ मा स्थानीय तहले प्रस्ताव गरेपछि कित्ताकाट गर्न पाइने निर्णय गरेकी थिइन्। अर्यालको सो निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले २०७७ मंसीरमा आदेश दिएपछि रोकेको थियो । यसअघि कित्ताकाट र अंशबन्डा समेत प्रभावित हुदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार