राष्ट्रपति पौडेल दिल्लीको एम्स अस्पतालमा भर्ना

  गाैरीशंकर टाइम्स संवाददाता  100 पटक हेरिएको

 


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना हुनुभएको छ । लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएकाले थप उपचारको लागि पौडेललाई भारत लैजानु भएको हो ।

राष्ट्रपति पौडेललाई एम्स अस्पतालका आईसीयूमा भर्ना गरि उपचार गरिरहेको छ । अस्पतालले स्वास्थ्य परीक्षण गरी रिर्पोट आएपछि नर्मल बेडमा सार्ने जानकारी दिएको नयाँ दिल्लीमै रहेका राष्ट्रपपतिका निजी चिकित्सक डा. निरज बमको भनाई उदृत गर्दै प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो ।

सोमबार फलोअपका लागि अस्पताल पुगेर फर्किनु भएका पौडलको छातीमा समस्या देखिएपछि मंगलबार शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको थियो । चिकित्सकहरुले थप परिक्षण र उपचारका लागि भारत लैजान सुझाव दिएसँगै राष्ट्रपति पौडेललाई आजै नयाँ दिल्ली लागिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार