काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि सिंहदरबारको फोहोर नउठाएपछि अदालत गुहारेको छ । सरकारले माग सुनुवाइ नगरेको भन्दै मेयर बालेन्द्र शाहले सिंहदरबारका फोहोर संकलन नगर्ने अडान लिएपछि अदालत गुहारेको हो ।
सरकार र महानगरबीचको अन्तरद्वन्दले सिंहदरबार, बालुवाटार र शितल निवासको फोहोर उठ्न सकेको थिएन । शुक्रबार सर्वोच्च अदालतले महानगरविरुद्व परेको रिट माथि सुनुवाइ गर्दै फोहोर उठाउन आदेश दिएको हो ।
त्यसैगरी, मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले रोकिएको फोहोर तुरुन्तै उठाउन महानगरलाई आदेश दिएको हो ।