नेपालले ओमानमाथि ८४ रनको जित

  गाैरीशंकर टाइम्स संवाददाता  110 पटक हेरिएको


काठमाडौं । एसीसी मेन्स प्रिमियर कपअन्तर्गत खेलमा नेपालले ओमानलाई ८४ रनले हराउदै जित निकालेको छ । नेपालले दिएको ३ सय ११ को लक्ष्य पछ्याएको ओमानले २ सय २६ रन मात्र बनाएर हार व्यहोरेको हो ।

ओमनले ४६.३ ओभरमा नवौं विकेट गुमाएको थियो । खेलको क्रममा ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण खेललाई वरावर बनाउन नसकेपछि नेपाल विजयी भएको हो ।

त्यसक्रममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मद्धतले कीर्तिमानी ३ सय १० रन बनाएको थियो । नेपालको यो नै ऐतिहासिक किर्तिमानी जित बन्न पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार