काठमाडौ । नेपालमै पहिलो पटक भएको साहित्यिक कार्यक्रम द पोयट आइडलको उपाधि सिक्किमकी नेपाली भाषी निलम गुरुङले जितेकी छिन । पोएट आइडलको फाइनलमा चार प्रतिस्पर्धीमध्ये निलमले उपाधि पारेका हुन् ।
पोयट आइडलमा निलमसंग प्रतिस्पर्धी कविहरु पल्लविव, नाथन रायन र मिल्सन राई रहेको थियो । तिनै जनालाई उछिन्दै निलम उपाधिको विजेता बनेकी हुन् । उनले १० लाख राशीको चेक र गिफ्ट ह्याम्पर हातापारेकी छिन् ।
शुक्रबार बेलुका प्रस्तुति नेपाली साहित्यिक पहिलो कार्यक्रम द पोयट आइडल फाइनल भएको थियो । कार्यक्रम अमन प्रताप अधिकारीको निर्देशनमा बिप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्तको निर्णयसंगै दर्शक तथा स्रोताको भोटका आधारमा निलमलाई उपाधिको विजेता घोषणा गरिएको हो । कार्यक्रम एपी वान टेलिभिजन मार्फत प्रशारण हुदै आएको थियो ।