काठमाडौं । रवि लामिछाने नेतृत्वको नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले ठुला राजनीतिक दललाई कडा चुनौति परेको छ । यहि बैशाख १० गते सम्पन्न हुने उपनिर्वाचनमा रास्वपाले तिनै स्थानमा अस्तित्व कायम राख्न जनलहर बढेको हुदाँ ठुला राजनीतिक दललाई कडा चुनौति बढेको हो ।
उपनिर्वाचन नजिकिदै गर्दा ठुला राजनीतिक दलहरुको तुलनामा रास्वपाप्रति मतदाताहरुको उत्साहले क्रेज बढेको छ । वर्षौदेखिको शोषण, उत्पिडन र एकअर्कामा खिचातानीका कारण ठुला रानीतिक दलप्रति वितृष्णा बढेको हुदाँ भर्खरै उदाएको नयाँ राजनीतिक दल रास्वपाप्रति परिर्वतनको विश्वास र आस्थामा जनलहर बढेको छ । यसबाट ठुला र पुरानो रानीतिक दलको भने अस्तित्वनै धरापमा पर्ने अनुमान गर्न सकिन्छ ।
पत्रकारिताबाट सन्यास लिदै लामिछाने मंसिरको आम चुनावअघि राजनीतिमा होमिएको थियो । उनले राज्यको हरेक क्षेत्रमा भ्रष्टचार भएको र सदिऔ देखि ठुला रानीतिक दलले परिर्वतन भन्दापनि स्वार्थमा लिप्तभएको कारणले गर्दा आफु राजनीतिमा होमिन बाध्य भएको बताउनु भयो । उहाँले अहिलेको परिस्थितिमा आफ्नो स्वार्थ भन्दामाथि उभिएर परिवर्तन र विकासको पक्षमा आफ्नो लडाई रहेको समेत बताउनुभयो । यसबाट रास्वपालाई परिर्वतनको मुख्य केन्द्रबिन्दु मान्दै लामिछानेप्रति देशभर जनविश्वास बढेको छ । नयाँ राजनीतिक शक्तिको रुपमा रास्वपा उदायपछि ठुला राजनीतिक दलहरुलाई अस्तित्व जोगाउन चुनौति आइपरेको छ ।
उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका जितनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपान र रास्वपाबाट पार्टी सभापति रवि लामिछाने चुनावी प्रतिस्पिर्धामा रहेको छ । चितवनमा यसअघि फराकिलो मतान्तरले रवि लामिछाने निर्वाचित भएको थियो । उनलाई दोहोरो नागरिकता सम्बन्धिको मुद्धा लागेर सांसद पद खारेज भएपछि सो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
त्यस्तै तनहँु निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेको उम्मेदवार सर्वेन्द्र खनाल, गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई र रास्वपाबाट स्वार्निम वाग्ले प्रतिस्पर्धामा रहेको छ । अर्को बारा निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेबाट पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल, गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट पूर्वप्रहरी अधिकृत रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाह चुनावी मैदानमा उत्रिएको छ । यस पटक नेकपा माओवादीले भने कुनैपनि क्षेत्रमा उम्मेदवार दिएको छैना ।