आज बैशाख १०, चितवन, तनहुँ र बारामा उपनिर्वाचनको मतदान सुरु, परिणाम के होला त,

  गाैरीशंकर टाइम्स संवाददाता  111 पटक हेरिएको

काठमाडौ । आज प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन निर्वाचन क्षेत्र चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदान सुरु भएको छ । आयोगले उपनिर्वाचनका लागि मतदान गर्न बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।

त्यसैगरी, चितवन–२ मा गठबन्धबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने र रास्वपाले पार्टी सभापति रवि लामिछाने पुनः उम्मेदवार रहेका छन् ।

उपनिर्वाचनका लागि तनहुँ–१ मा गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार छन् । बारा–२ मा गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरूषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार छन् ।

त्यस्तै यस निर्वाचनमा नेकपा माओवादीले भने कुनैपनि क्षेत्रमा उम्मेदवार उठाएको छैना । उपनिर्वाचन हुने स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको निर्वाचन आयोगले जानकारी दिएकोछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार