काठमाडौं । आइतबार भएको उपनिर्वाचनको तीनवटै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । चितवनका दुईवटा मतदान केन्द्रमा केहीबेर बिवादका कारण मतदान रोकिनुबाहेक तीनवटै क्षेत्रमा निर्वाध रुपमा मतदान भएको हो ।
अहिलेको निर्वाचनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार समग्रमा ६० प्रतिशत मत खसेको बताउनु भयो । गत मंसिर ४ को तुलनामा चितवन–२ र तनहुँ १ मा केही कम मत खसेको र बारा–२ मा केही बढी मत खसेको छ ।
सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका ढुवानी सुरु भएको छ । बारा–२ को कलैयामा, चितवन २ को भरतपुरमा र तनहुँ–१ को दमौलीमा मतगणना हुनेछ । निर्वाचन क्षेत्रको सबै मतपेटीका जम्मा भएमा राजनीतिक दलको सर्वदलिय बैठक राखी आजैबाट मतगणना गरिने आयोगले तयारी गरेको छ ।
त्यसैगरी, यस पटकको उपनिर्वाचनमा तीनवटै स्थानमा सवै राजनीतिक दलको प्रतिस्ठाका लडाइ रहेको छ । चुनाव प्रचारप्रसारदेखि मतदानको दिनसम्म आईपुग्दा गठबन्धन, एमाले र रास्वपाले आफ्नै अडानका साथ ढुक्कले निर्वाचन जितिने बताउदै आएको छ । यसको परिणाम भने मतगणना सुरुभएको केहि दिनपछि मात्र थाहा हुनेछ ।