‘द पोयट आइडल’ की विजेता निलमलाई गुरुङ समुदायको सम्मान

  गाैरीशंकर टाइम्स संवाददाता  934 पटक हेरिएको

काठमाडौं । नेपालमा पहिलो पटक सम्पन्न साहित्यिक कार्यक्रम ‘द पोयट आइडल’ की विजेता निलम गुरुङलाई सम्मान गरिएको छ । तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्ले गुरुङलाई सम्मान गरेको हो ।

गुरुङ समुदायका तर्फबाट बधाई तथा सम्मान प्रकट गर्न आइतबार संस्थाको बरिष्ठ उपाध्यक्ष आर.बि. गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाको संरक्षक परिषद अध्यक्ष रेशम गुरुङ प्रमुख अतिथि रहनुभएको थियो ।

बधाई तथा शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि गुरुङले पहिलो नेपाली साहित्यिक कार्यक्रममा निलमको जितले नेपाल र नेपालीलाई गौरवाान्वित बनाएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा सिक्किम सरकारका प्रतिनीधि गोपाल शिवाकोटीले निलमलाई नेपाल र नेपालीले अमूल्य सहयोग गरेको हुनाले नै जित हाँसिल गरेको बताउनु भयो । उहाँले समस्त गुरुङ समुदाय र नेपालीहरुको मायालाई कहिल्यै नभुल्ने र भैपरी आउने समयमा सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा सबै नेपालीले आफुलाई भोट दिएर सहयोग गरेकोमा गुरुङ समुदाय तथा सम्पूर्ण नेपालीहरुलाई पोयट आइडल निलम गुरुङले धन्यवाद दिनुभयो । उहाँले आफु सिक्किमको नेपाली भाषी भएको हुँदा नेपाल र नेपालीलाई सदैव उच्च सम्मान गर्ने बताउनु भयो । त्यसक्रममा तमू ह्युल छोंज धिं, गुरुङ राष्ट्रि परिषदको संरक्षक परिषदका सदस्य तथा सल्लाहकारहरु डेलमान गुरुङ, डा.टेकबहादुर गुरुङ, रामकाजी कोने गुरुङ, लालकाजी गुरुङ, लिलबहादुर गुरुङ, बरिष्ठ उपाध्यक्ष आ.बि. गुरुङ लगायतले पोयट आइडल निलम गुरुङलाई शुभकामनासहित बधाई दिनु भयो ।

त्यस्तै परिषदका सचिव देवकुमारी गुरुङ, कोषाध्यक्ष श्रीप्रसाद गुरुङ र महासचिव डम्बरबहादुर गुरुङले बधाई सहितको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसअवसरमा कलाकार, महिला, युवा तथा विद्यार्थी लगायत भातृसंगठनहरुका प्रतिनिधिहरु पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा पोयट अइडल विजेता निलम गुरुङलाई कार्यक्रमका अध्यक्ष आर.बि. गुरुङ र संरक्षक परिषद्का अध्यक्ष रेशम गुरुङले संयुक्त रुपमा खादा र दोसल्ला ओढाएर बधाई दिंदै सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो । त्यसैगरी, विजेता निलमलाई बागमती प्रदेश कमिटी, काठमाडौं, ललितपुर, महिला, युवा, विद्यार्थी, कलाकार तथा तमू बौद्ध सेवा समिति, गुरुङ पर्यटन व्यावसायी संघ, तमू सञ्चारकर्मी संघ लगायतका संस्थाहरुले संस्थागत रुमा बधाई दिंदै सम्मान गरेको थियो । त्यसक्रममा पोयट अइडल निलम गुरुङलाई तमू सञ्चारकर्मी संघका अध्यक्ष लाला गुरुङ र सल्लाहकार अनिता गुरुङले संस्थाको प्रकाशन गुरुङ न्यु डट कमको पुस्तक प्रति र रामकाजी कोने गुरुङले आफ्नो कृति कविता संग्रह समेत उपहार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा पोयट आइडल निलम गुरुङका पिता दिलिप गुरुङ (सिक्किमका हमजाएगा), आमा बसुधरा गुरुङ, सिक्किम सरकारका प्रतिनीधि गोपाल शिवाकोटीलाई परिषदका तर्फबाट फेटा तथा क्रमु (पछ्यौरी) ओडाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा तमू बौद्ध सेवा समितिका अध्यक्ष नारायण गुरुङ, सञ्चारकर्मी संघ काठमाडौं जिल्ला अध्यक्ष मनिराज गुरुङ र पर्यटन व्यावसायी कमला गुरुङको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार