तनहुँ १ मा उपचार गर्दै डा. वाग्ले

  गाैरीशंकर टाइम्स सम्बाददाता  110 पटक हेरिएको

काठमाडौं । प्रतिनीधिसभा सदस्यको उपनिर्वाचन तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता दोब्बरले अग्रता रहेको छ । पछिल्लो मतपरिणाम अनुसार रास्वपाका वाग्ले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराई भन्दा दोब्बर मतले अघि छन् ।

हालसम्म रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले लिड गर्दै गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई दोस्रो र नेकपा एमालेका उम्मेदवार सवेन्द्र खनाल तेस्रो स्थानमा रहेका छन् । आइतबार रातिदेखि सुरु भएको मतगणनामा रास्वपाका डा. वाग्ले भारी मतान्तरसहित अग्रता कायम रहेपछि उनको जित निश्चितप्राय बनेको हो ।

तनहुँ १ मा नेपाली कांग्रेसको गढ मानिएता पनि उपनिर्वाचनबाट तोडिने निश्चित जस्तै भएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा तीनवटै दलले स्साकस्सी गरेतापनि यसपटक नयाँ शक्ति रास्वपाको घण्टी बज्ने अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार