प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नं २ मा आइतबार भएको मतदानको गणना सोमबार बिहान ११ बजेदेखि सुरु गरिने भनिएतापनि हालसम्म सुरु हुन सकेको छैना । मतपेटिका संकलन गरिसकेपछि बिहान सर्वदलीय बैठक बसेर ११ बजेदेखि गणना सुरु गर्ने निर्णय गरिएको थियो ।
उम्मेदवारहरू मतगणना तयारीका लागि प्रतिनीधि परिचयपत्र बनाई तयारी अवस्थामा राखेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए । आइतबार बेलुका हावाहुरी र पानी परेको कारण सबै मतपेटीका समयमै नआइपुगेको कारणले मतगणना हुनसकेको चौधरीले बताए । सोमबार बिहानदेखि नै गणनास्थलमा नेता कार्यकर्ताको आवतजावत बढेको छ । सुरक्षाको लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बारामा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल, रास्वपाबाट रमेश खरेल र जनमतबाट शिवचन्द्र कुशवाहा प्रतिस्पर्धामा छन् ।