बाराको मतगणनामा सुरुको अग्रतामै उपेन्द्र यादब

  गाैरीशंकर टाइम्स संवाददाता  97 पटक हेरिएको

प्रतिनीधिसभा उपनिर्वाचन बारा २ को मतगणना सुरु भएको छ । सुरुको प्रारम्भिक मतपरिणाममा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् ।

गठबन्धनका उम्मेदवार यादवले २ सय २४ मत पाएका छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन्। उनले १ सय ७० मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले १ सय ६६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ८० मत ल्याएका छन् । अहिलेसम्म ६ सय ७० मत गणना भैइसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार