प्रतिनीधिसभाको उपनिर्वाचनका तनहुँ निर्वाचन क्षेत्र नं १ मा मतगणना जारी रहेको छ । हालसम्म आएको मतपरिणाम अनुसार २५ वटा वडाका मतगणना सकिँदा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार ८ सय ४७ मतान्तरले अग्रता लिएका छन्।
तनहुँको ४२ मध्ये अब १७ वडाको मत गन्न रहेको छ । अहिलेसम्म ३६ हजार ४ सय ४३ मतगणना सकिँदा स्वर्णिम वाग्लेले १८ हजार ४ सय ६१ मत पाएका छन्।
त्यसैगरी, गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार ८ सय १४ मत ल्याएको छभने एमाले उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ६८ मत मात्रै पाएका छन् । मतगणना सकिएका २५ मध्ये अधिकांश वडाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अन्य उम्मेदवारभन्दा बढी मत पाएका छन् ।