बारामा उपेन्द्र यादवको अग्रता

  गाैरीशंकर टाइम्स संवाददाता  139 पटक हेरिएको


प्रतिनीधिसभाको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन्। पछिल्लो ताजा मतपरिणाम अनुसार यादवले निकटतम प्रतिद्वन्दीभन्दा झन्डै ६ सय मतको मतान्तर बनाएको छ।

यादवले २ हजार ६०० मत ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २ हजार ६७ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका पुरूषोत्तम पौडेल ८ सय ६१ मतसहित तेस्रो स्थानमा र रास्वपाका उम्मेदवार रमेश खरेलले ३ सय ३ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार