तनहुँमा कांग्रेसगढ भत्काउदै रास्वपाका वाग्ले विजयी,

  गाैरीशंकर टाइम्स संवाददाता  104 पटक हेरिएको

तनहुँ । बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबाट तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७ सयभन्दा बढी मत ल्याएर वाग्ले विजयी भएको हो ।

उनले ३४ हजार ९ सय १८ मत पाउँदा भट्टराईले २० हजार १ सय २२ मत र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत पाएका छन् । त्यस्तै राप्रपाकी उम्मेदवार शोभा गुरुङले २ सय १८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १ सय ६६ मत पाएका हुन् । यसक्रममा निर्वाचन अधिकृतको कार्यालयका अनुसार मत परिणामको आधारमा वाग्लेलाई औपचारिक विजय घोषणा गर्न गरी सकेको छ ।

गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा तनहुँ १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदका लागि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनबाट नेपाली कांग्रेसका गढलाई रास्वपाका वाग्लेले तोडेको छ । वाग्ले नेपाली कांग्रेस त्यागेर रास्वपाबाट उपनिर्वाचन निर्वाचन लडेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार